काठमाडाैं । पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बजेट बाँडफाँड पछि आयोजना खोज्न दौडनुपर्ने प्रवृत्तिले गर्दा पुँजीगत खर्च हुन नसकेको बताएकी छिन् । झाँक्रीले बुधबार राजधानिमा एक कर्यक्रममा बाेल्दै पुँजीगत खर्च नहुनुको मुख्य कारण बारे यस्ताे धारणा व्यक्त गरेकी हुन् ।
“सरकार र निजी क्षेत्रको दक्षता कम हुनु, योजना चक्र पूरा नभएका आयोजनाहरु हुनु, आयोजनाहरुमा एयरमार्क गरेभन्दा कम पैसा हुनु र लहडमा आयोजना छानिनुनै पुँजीगत खर्च नहुनुको मुख्य कारणहरु हुन् ”, उनले भनिन्, यस्तै उनले निर्माण व्यवसायी ऐनको संसोधन र खरिद बिक्री संबन्धि नियम कानूनहरु परिमार्जित हुनु पर्नेमा जोड दिइन् ।
झाँक्रीले दायित्वले पूर्वाधार विकासलाई बढावा दिन पूँजीगत खर्चको गति बढाउनुपर्ने विषयमा ‘इकोन टल्क्स’ श्रृंखला अन्तर्गतको पाँचौं नीति संवाद कार्यक्रममा नीति च्याम्पीयनका रुपमा प्रस्तुत हुँदै उक्त धारणाहरू व्यक्त गरेकी हुन् ।
कार्यक्रममा सि.एन.आइका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, नेपाल सरकारका पूर्वसचिव तथा शहरी योजना विज्ञ किशोर थापा र पुल्चोक क्याम्पस, ईन्टिच्यूट अफ ईन्जिनियरिङकी सहरी योजना विज्ञ डा. संगीता सिंहकाे पनि उपस्थिति रहेकाे थियाे । उनीहरूले पूँजीगत खर्चलाई तिव्रता दिई पूर्वाधार विकासमा जोड दिने नीतिहरूको पहिचान गर्दै संसदीय कदम चाल्नको लागि नीतिगत सुझावहरु दिए ।
कार्यक्रममा नेपालमा पूँजीगत खर्चको पूर्ण उपयोग हुन नसक्नुका मुख्य कारणहरु, आयोजना कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरु, सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको समन्वयको अभाव, सरोकारवालाको अकुशल काम र ढिलासुस्ति, अत्यन्तै कडा नियम–कानुन, परिवर्तनशील सहरीकरणलाई अनुकूलन गर्ने, पूर्वाधार विकासको निम्ति प्राविधिक विकासको आवश्यकता लगायतका प्रमुख विषयमा छलफल भएको थियो ।
FACEBOOK COMMENTS