काठमाडौं । इलाम १ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले नेता खनालले २३ हजार ८९ मत ल्याएका थिए। उनलाई एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर पराजित गरेका थिए।
गठबन्धनबाट कांग्रेसको सबै मत जाँदा पनि नेता खनालले कांग्रेसभित्रका द्रव्यपिशाचले अन्तर्घात गरेको टिप्पणी समेत गर्न भ्याए।
निर्वाचन आयोगले घोषणा गरेको परिणामलाई अस्वीकार गर्दै धाँधली भएकाले कानुनी उपचार खोज्ने समेत बताइरहेका छन्।