काठमाडौं । झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ खनालको नाममा रहेको प्रतिष्ठानमा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवलाई ९ वर्ष १ महिना जेल सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ ।
यादवलाई जेल सहित तीन करोड ५९ लाख ६६ हजार ६ सय जरिवाना हुने फैसला भएको छ । अदालतले यादवबाट दुई करोड ३५ लाख २९ हजार ३८६ असुल गर्न आदेश दिएको छ ।
झलनाथ खनाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी देवेन्द्र राईलाई जनही ८ वर्ष कैद सजाय हुने फैसला भएको छ । लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।
आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोप छ । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
FACEBOOK COMMENTS