काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।
स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए । अन्तत: उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् । यद्यपि अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतिरै लागेका हुन् ।
यो समाचार पनि पढ्नुस्-

FACEBOOK COMMENTS