काठमाडौं । आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बीच तालमेल हुने भएको छ ।
यी दुई पार्टिहरुबीच झापा जिल्लामा वृहतरुपमा तालमेल गर्ने सहमति भएको हो ।
झापाको ५ वटा निर्वाचन क्षेत्रमा एक राप्रपाले र ४ वटा एमालेले लिनेगरी सम्झौता भएको छ । त्यसैगरी १० वटा प्रदेश निर्वाचन क्षेत्रमध्य २ क्षेत्रमा राप्रपाले र ८ क्षेत्र एमालेले लिनेगरी सम्झौता भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन् भने क्षेत्र नम्बर ३ एमालेले राप्रपालाई छाडेको छ। उक्त क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने छन्। सो क्षेत्रमा एमालेले कुनैपनि उम्मेद्वार नउठाउने भएको छ ।
FACEBOOK COMMENTS