झापा । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश चुनावकालागि झापामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएकाे छ । उक्त तालमेलले मुलत दुवै पार्टीलाइ फाइदा पुग्ने देखिन्छ ।
साे तालमेलले झापाकाे क्षेत्र नम्बर ५ मा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई झन मजबुत बनाउने निश्चत छ ।
उसाे त ओली साे क्षेत्रमा कमजाेर भने हाेइनन् । राप्रपाकाे साथबिना पनि उनले साे क्षेत्रबाट जित्ने निश्चितप्राय छ ।
यस्ताे छ झापाकाे क्षेत्र नम्बर ५ काे अंकगणित
स्थानीय तहको निर्वाचनको नतिजा अनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ ।
यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले एक्लैको ४१ हजार ६१९ मत छ । यस्तै सत्तारूढ गठबन्धनका कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एसको १ हजार ९८८ मत छ । यसरी सत्तारूढ गठबन्धनका दलहरूको योगफल ३४ हजार ७९८ मत हुन्छ ।
जुन एमालेभन्दा ६ हजार ८२१ मत कम हो । यहाँ राप्रपाको ८ हजार ३५३ मत छ । गठबन्धनभन्दा एमाले एक्लै बलियो रहेको यो क्षेत्रमा राप्रपाको मत थपिँदा निकै फराकिलो मतान्तर देखिन्छ ।
FACEBOOK COMMENTS