झापा । झापा–५ मा बालेन शाह (बालेन्द्र) फराकिलो मतान्तरसहित अगाडि छन् । ६७ हजार ८ सय ५५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार शाहले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी, एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४ सय २७ मत प्राप्त गरेका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले सात हजार १०७ र नेकपाका रन्जित तामाङले ९९६ मत ल्याएका छन् ।
FACEBOOK COMMENTS