काठमाडौं । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हिजो मङ्गलबार आईपीओ निष्कासनका लागि स्वीकृति दिएको हो ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो ।
FACEBOOK COMMENTS