काठमाडौं । आजदेखि शुरु भएको शहिद स्मारक एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले शानदार शुरुवात गरेको छ ।
आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
आर्मीको जितमा अन्जना थुलुंग राईले २ गोल गरेकी थिइन् भने दिपा शाही, हिमा चौधरी र तुलसा बोहोराले एक एक गोल गरेका थिए ।
यसअघि आजै सम्पन्न पहिलो खेलमा संकटा क्लबले एनआरटीलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
FACEBOOK COMMENTS