झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो ।
कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । “साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने ।
यसमा आयकरबाट सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाफत १४ करोड ४५ हजार र अन्तःशुल्कबापत छ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो ।
गत आव २०८१-८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो ।
FACEBOOK COMMENTS