काठमाडौं । फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाल फिचर्ड रहेका छन् ।
निर्देशक राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
फिल्म आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS