काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता जिलि अटो ग्रुपले नेपालमा उपलब्ध जिलि ईएक्स विद्युतीय एसयूभी मा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा प्रदान गरेको छ ।
यस नयाँ प्राविधीक स्तरोन्नतीले जिलि ईएक्स ५ का सवारीसाधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा जिलिका गाडीहरुको उपस्थितिलाई अझ मजबुत बनाएको छ।
एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ ।
सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सिरी वा गुगल एसेन्टद्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमाण्डको माध्यमबाट चालकहरूले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन् । जसले हात स्टीयरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ ।
नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ, जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा म्याप्स स्पोटी र म्यासेन्जर जस्ता आवश्यक एपहरू सजिलै प्रयोग गर्न सकिन्छ । सामान्य ब्लुटुथ कनेक्टिभिटीको तुलनामा कारप्लेले संगीत र पोडकास्टका लागि उच्च ध्वनि गुणस्तर प्रदान गर्ने भएकाले इन–कार मनोरञ्जन अनुभव अझ समृद्ध हुन्छ ।

यसका साथै, गुगल म्याप, एपल म्याप्स वा वेज जस्ता एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुन्छ । टचस्क्रिन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनलगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ ।

यो सुविधा ईएक्स ५ बिक्री हुने अन्तर्राष्ट्रिय बजारहरूमा ग्राहकको उच्च मागपछि विश्वव्यापी रूपमा सुरु गरिएको हो, र अब नेपाली उपभोक्ताले पनि समान स्तरको उन्नत इन–कार प्रविधि पाउने कुरालाई सुनिश्चित गर्न नेपालमा लागू गरिएको हो।


FACEBOOK COMMENTS