काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।
अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर(९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS