![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बस माईक्रोबस र टेम्पोमा लागू भएको जोरबिजोर प्रणाली हटाएको छ ।
आज शुक्रबार साँझ नयाँ आदेश जारी गर्दै काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा लागू हुनेगरी ट्याक्सी र निजी सवारीबाहेकमा जोरबिजोर प्रणाली हटाएको हो ।
त्यस्तै औषधि एवम् स्वास्थ्य तथा सरसफाई सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहनमा पनि जोरबिजोर प्रणाली लागू हुने छैन । त्यस्तै ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनले भने चालक र सह–चालक मात्रै रहेर सञ्चालन गर्न पाउने छन् ।
त्यसैगरी खाद्यान्न, पानी, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवम् कृषि तथा पशुजन्य सामग्रीहरू बोक्ने सवारीसाधन पनि चालक र सह–चालक मात्रै रहेर सञ्चालन गर्न पाउने छन् ।
त्यस्तै परिचयपत्रका आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनमा पनि जोरबिजोर प्रणाली लागू हुने छैन । त्यस्तै परिचयपत्रकै आधारमा बैंक, बीमा तथा वित्तीय संस्था, वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारीमा पनि जोरबिजोर लागू हुने छैन ।
पत्रकारका हकमा सूचना तथा प्रशारण विभागबाट जारी पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीहरूले प्रयोग गर्ने सवारीसाधन, सरकारी सवारीसाधन र कुटनीतिक नियोगका सवारीसाधनहरूमा पनि जोरबिजोर नलाग्ने भएको छ ।
आजै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारीमा भीड बढ्दा झनै जोखिम बढेकाले सार्वजनिक सवारीसाधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।
यीबाहेक अन्य आदेशहरू यथावत रहेको जनाइएको छ ।
यस्तो छ आदेश
FACEBOOK COMMENTS