काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशीलाई नियुक्त गरेको छ ।
आज बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि जोशीलाई नियुक्त गरेको हो ।
उनी यसअघि पनि बोर्डमा सीईओ भएका थिए ।
सीईओका लागि मिलन देवकोटा, मदन आचार्य, पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले बोर्डको सीईओ छनोट गर्न तीन जनाको नाम छनोट गरेको हो ।
उपसमितिले सिफारिश गरेको तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो ।
पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा धनन्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ । बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो ।
नियुक्त भइसकेपछि जोशीले आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताए । “परिस्थितीको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ”, उनले भने, “यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो ।”
FACEBOOK COMMENTS