काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन ।
काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जोशी ५० लाख बैंक ग्यारेन्टी बुझाएर आजै रिहा भएको जानकारी दिए । यसअघि जोशीलाई कास्की जिल्ला अदालतले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रू ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने कास्की अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बैंक ग्यारेन्टी बुझाएर छुटिसकेका छन् ।
उनीहरुविरुद्ध अझै रुपन्देही, चितवन र पर्सामा पनि सहरकारी ठगी कसुरमा जाहेरी दर्ता भएको छ ।
FACEBOOK COMMENTS