काठमाडौं । पत्रकार राम रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकार नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा बैठकका निर्णय सुनाउँदै उक्त नियुक्तिबारे जानकारी दिएका हुन् ।
रावल यसअघि प्रधानमन्त्री कार्कीको प्रेस संयोजक थिए ।
FACEBOOK COMMENTS