काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
त्यस अवसरमा अरू विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष ओलीले स्वागत गरे ।
FACEBOOK COMMENTS