काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर तीन सातादेखि इजलास नहेरेका चारजना न्यायाधीशले मंगलबार भने मुद्दा छिनेका छन् । बाँकी १३ जना न्यायाधीश पनि फुलकोर्ट बैठक बसेर राफल (गोलाप्रथा) प्रणालीबाट पेसी तोकिए मुद्दा हेर्न सहमत देखिएका छन्।
सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी,बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्माले मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पनि सुनुवाइ गरेका छन्। यसअघि विगत २३ दिनदेखि १९ जना न्यायाधीशले बन्दीबाहेकका मुद्दा हेरेका थिएनन् । अहिलेसम्म प्रधानन्यायाधीशले दैनिक मुद्दाको पेसी तोक्दै आएका छन् ।
मुद्दामा पेसी तोक्दा आफू अनुकूलको न्यायाधीशको इजलासमा पार्ने भएका कारण भ्रष्टाचार र बिचौलिया बढेको अध्ययन प्रतिवेदनहरूले देखाइसकेका छन् । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको अध्ययन प्रतिवेदनले पनि मुद्दाको पेसी अटोमेसन प्रणाली ९गोलाप्रथा०बाट तोक्न सुझाएको छ ।
प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति प्रकाशित गर्दै संवादबाट समस्या समाधान गर्न आह्वान गरेका थिए । नेपाल बार एसोसिएसनलाई संवादका लागि आह्वान गरिएको थियो। बारले भने सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशसँग छलफल गरेको थियो । न्यायाधीश र बारका पदाधिकारीबीच मंगलबार पनि सर्वोच्च अदालतमा छलफल भएको छ । १३ जना न्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित उपाध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष,उपाध्यक्ष, सचिवबीच छलफल भएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS