काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जुम्लाको स्याउ बाँडेर बैठक बसेको सुरु गरिएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनका निम्ति केन्द्रीय उमेदवार छनोट समिति सदस्यको मनोनयन विषयमा छलफल गरिनेछ ।
विभागीय प्रमुख र उपप्रमुख मनोनयनबारे पनि बैठकमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियानलगायत विषयमा पनि छलफल गरिने उनले जानकारी दिए ।
