नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली
कर्पोरट खबर
7:49 pm, शुक्रबार, कात्तिक २७, २०८३
- सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट शपथ ग्रहण गरी आजै पदवहाली गरेका छन्।
- डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्ति भएको हो।
काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले आजै सर्वोच्च अदालतमा पुगेर पदवहाली गरे ।
यसअघि, प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको थियो ।