काठमाडौं । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० शुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर नेपाल जुत्ता चप्पल उत्पादक संघले मेलाको उद्घघाटन गरेको हो ।
मेलाको उद्घघाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले गरेका हुन् । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने नारासहित शुरु भएको यस मेलामा ९ वटा नेपाली ब्रान्डका जुत्ता चप्पल उपलब्ध रहेका छन् ।
नेपाली जुत्ता चप्पल उत्पादक संघका अध्यक्ष नानीराज घिमिरेले ग्रे मार्केटका कारण नेपाली जुत्ता उत्पादकहरु मार्कामा रहेको गुनासो गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना महामारीका कारण हामी धेरै नै प्रभावित भनेका छौं । करोडौंका जुत्ता कहाँबाट बजारमा आएको छ भनेर कुनै तथ्यांक नै छैन । ग्रे मार्केटका कारण हामी मार्कामा छौं ।’
उनका अनुसार ५५ हजार जनालाइ नेपाली जुत्ता उत्पादकले रोजगारी दिइरहेको छ । सरकारले थप प्रोत्साहन र हौसला दिने हो भने नेपाली उत्पादकले ७५ हजार जनालाइ रोजगारी दिन सक्नेछन् ।
FACEBOOK COMMENTS