काठमाडौं । नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ जेठ बुधबारदेखि जाउलाखेल खेल मैदानमा सुरु भएको थियो । बुधबारदेखि सुरु भएको मेला एक महिनासम्म चल्ने छ ।
नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरूको समूहले स्वदेशमा उत्पादित जुत्ता चप्पलका स्वदेशी ब्रान्डहरूलाई प्रदर्शन गरेको मेला असार १७ गते सम्म सञ्चालन हुने छ ।
मेला हरेक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहनेछ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुफ्याक्चर्सको उत्पादन–गोल्डस्टार, रोयल शु इन्डष्ट्रिजको उत्पादन–रोयल शुज, वेस फुटवेयरको उत्पादन– बीएफ डियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको–क्रस रोड शुज, शुभकामना फुटवेयरको–फस्टवाक शुज, नमस्ते फुटवेयरको–सिल, सुरभी पोलिमर्सको–हाई लाइफ, केटीएम शुजको–केटीएम, डीजे शुज कम्पनीको–डीजे शुज गरी नौवटा कम्पनी र ब्रान्डहरूको समावेश गरिएको छ ।
मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध गराइएको छ । मेलाबाट जुत्ता खरिद गर्नेलाई न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ।


हाई लाइफ ब्रान्डका मार्केटिङ एण्ड सेल्स म्यानेजर राग्भ विहानीले ललितपुर मेलामा दर्शकको उत्साहा निकै राम्रो भएको बताएका छन् ।

उनले भने, ‘हाम्रो कम्पनी सञ्चालनमा आएको १३ वर्ष भइसकेको छ । हामीले ललितपुरमा जुत्ता चप्पल मेला राख्दाँ अन्य ठाउँमा राखेका भन्दा बढी उत्साह पाएका छौँ । ४ दिन भयो स्टल राखेको दैनिक ५०० जोर जुत्ता चप्पल बेचेका छौँ ।’

राग्भले थपे, ‘बाहिर पसल हुन्छ तर चाँहिएको सामन खोज्न धेरै धाउनु पर्छ मेलामा भने सबै पसल पाउने भएकोले ग्राहकलाई पनि सजिलो छ । ललितपुरका मान्छे मात्र आएका छन् अन्य स्थानका मान्छे आउँन बाँकि छ । ग्राहले कम्पनीलाईनै गुनासो गर्न पाउने छन् । भोलिको दिनमा के मा सुधारने भन्ने कुरा ग्राहक बाट सुन्न पाइन्छ ।’

रोयल सुज ब्रान्डका माकेटिङ सिनिएर अफिसर बाल कृष्ण घिमीरे भन्छन् नेपालीले नेपाली जुत्ता प्रयोग गरौँ र उपभोग गरे देशको अर्थतन्त्र सुधिनेछ ।
उनले भने, ‘ हाम्रो मे्ला वर्षमा एक पटक हुने गर्छ । भृकुटी मण्डपमा सधैँ नै जुत्ता चप्पल मे्ला लाग्छ तर ललितपुरमा योे पहिलो पटक हो । त्यसैले ग्राहकहरुको। उत्साहा बढी छ । सोरुमको भन्दा ५० प्रतिशत देखि भर्खरै लन्च गरेको सामानमा १५ प्रतिशत समम छुट दिएका छौँ । हाम्रो सुजको क्वालीटी एक्दमै राम्रो छ मेला भन्ने वित्तिकै नराम्रो सामान दिने भन्ने हुन्न गुणस्तरको सामानै ग्राहकलार्यं दिन्छौँ । दैनिक १ देखि डेढ लाखसम्म वयापार गर्ने गरेका छौँ ।’
घिमीरे थपछन्, ‘हाम्रो कम्पनी सञ्चालनमा आएको १३ वर्ष भयो ग्राहबाट प्रतिकृया पनि राम्रो छ ।’

डीजे शुजका कार्यकारी निर्देशक रजीया मियाँ भनिछन् हाम्रो कम्पनी सञ्चालमा आएको १४ वर्ष भयो तर ग्राहकबाट प्रतिकृया भने राम्रो पाएका छौँ ।
उनले भने, ‘ भृकुटी मण्डपमा राख्दा र अहिले ललितपुरमा राख्दा उत्साह भने भृकुटी मण्डपभन्दा यहाँ राम्रो छ । सोरुममा भन्दा यहाँ २०० जति कम मुल्यमा दिएका छौँ । महँगोमा ७५० र सस्तोमा ५५० मा दुई मुल्यमा मात्र राखेका छौँ । २०० जति डिजाइनको सुजहरु पाइन्छ । ’
उनले थपिन्, ‘शनिबारमात्र १ देखि डेढलाखसम्म व्यापार गरौँ । हाम्रो ब्रान्डलाई एकदमै मन पराउनु भएको छ । ग्राहक उत्साहीत नै छन् । भख्रै सुरुवात भएको छ अब झनै राम्रो हुने देखिन्छ । ’

बीएफ स्पोर्टका कार्यकारी निर्देशक होमनाथ उपाध्यका अनुसार भृकुटीमण्डपमा सञ्चालनमा आएको पसल मेला हैन् दुकान हो ।
उनले भने, ‘कम्पनी सञ्चालनमा ल्याएको २५ वर्ष भयो यो नेपालमा चलेका चर्चित सुज मध्यमा १ हो । २०५९ साल देखि स्टल राख्न सुरु गरेको हौँ । सोरुमको भन्दा यहाँ १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट छ । दैनिक ५ देखि १० लाखसम्म व्यापार गरेका छौँ ।’
उपाध्यले थपे, ‘भृकुटीमण्डपको मेला भनेका एउटा दुकान हो । मेलाको नाममा वृकिति फइलाएको छ । ललितपुरको मेला नेपाली उत्पादनको मेला हो त्यसैल सबै आउनुस् र फाइदा लिनुस् ।’

सिल्स ब्रान्डका कार्यकारी निर्देशक दिवाकर गीरीका अनुसार ललितपुरको मेला अन्य भन्दा फरक र पृथक छ ।
उनले भने, ‘मेरो कम्पनी सञ्चालमा आएको १४ देखि १५ वर्ष भयो । यहाँ जस्तो सामन नेपालका कुनै पनि कम्पनीले दिन सकेको छैन् । ६ महिना देखि ५ वर्षसम्म टिकने सामन मेरोमा पाउन सक्नु हुन्छ ।’
उनले भृकुटीमण्डपमा मेलाको नाममा ३६५ दिननै एउटा छापरोमा पसल राख्ने गरेको बताए । उनले मेला भनेका धेरैमा १ महिना हुन्छ त्यहीँनि वर्षमा २ पटक हुने गर्दछ तर भृकुटीमण्डपमा भने ब्राहमासनै हुने गर्दछ ।
उनल थपे, ‘ दिनमा १ लाख देखि १ लाख ३० हजार सम्म व्यापार गर्ने गरे्का छौँ । हामीले सोरुममा बेच्दा पसलको भाँडा देखि लिएर विभिन्न विषयमा जोडेर मुल्य राखेका हुन्छौँ तर मेलमा भने उद्योगबाट सामान सिधैँ ल्याउने भएको ले् धेरै नै छुट दिने गरेका छौँ ।’