काठमाडौं । ज्योति विकास बैंकको नाफा शतप्रतिशतले बढोत्तरी भएको छ । चालु आर्थिक वर्ष सुरु भएयताको नौ महिनाको तथ्याङ्कले बैंकको नाफामा उच्च वृद्धि भएको देखाएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.४८ प्रतिशतले बढी हो । गत आथिर्क वर्षको सोही अवधिमा बैंकले १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । जबकि गत आवको सो अवधिमा पनि १ अर्ब ७० करोड ६८ लाख ५९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले ९ महिनामा ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ८५ करोड ३ लाख रुपैयाँ राखेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.३७ प्रतिशतबाट घटेर १.६६ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९.३० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५१.९० रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS