काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसारस्थित ‘हाेटेल मार्काेपाेलाे’ मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले ललितपुरस्थित’बेक्ड एण्ड सर्भ्ड’ मा १२ % सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले काठमाडौंस्थित ‘भ्यू थी हन्ड्रेड सिक्सटी थ्री डिग्री रिसाेर्ट’ र ललितपुरस्थित ‘प्याराडाइज हिल्स’ मा बैंकका ग्राहकहरूलाई १०% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।
FACEBOOK COMMENTS