काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको ४७१औँ बैठकले ढकाललाई सीईओ नियुक्त गरेको हो ।
बैंकमा कायम मुकायम सीईओको जिम्मेवारीमा रहेका ढकाल चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् । उनको कार्यकाल बुधबारदेखि नै सुरू भइसकेको बैंकका कम्पनी सचिव बलदेव थापाले जानकारी दिए ।
सीईओ नियुक्त भएका ढकाल करिब एक वर्षअघि गत माघमा मात्रै जेति विकास बैंक आएका थिए । त्यसअघि उनी एनआईसी एशिया बैंकमा एसिस्टेन प्रमुख कार्यकारी अधिकृत (एसीईओ) थिए ।
FACEBOOK COMMENTS