काठमाडाैं । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी क्षेत्रमा नवजात शिशुको जीवन रक्षाका लागि बेबी वार्मर मेसिन प्रदान गरेको छ।
ग्रामीण क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बैतडीको श्रीकोट हेल्थ पोस्ट, दार्चुलाको शर्मौली हेल्थ पोस्ट र सौगन्ना आधारभूत स्वास्थ्य केन्द्र, तथा बाजुराको ब्रह्मटोल हेल्थ पोस्टमा यी मेसिन जडान गरेको हो।
यी उपकरणले शिशुको शारीरिक तापक्रम नियन्त्रण गरी हाइपोथर्मियाको जोखिमबाट बचाउनेछ।
बैंकका मार्केटिङ्ग, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीले विभिन्न कार्यक्रममार्फत स्वास्थ्य चौकीका पदाधिकारी र स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरे। सो अवसरमा चिकित्सक, नर्स र कर्मचारीहरूलाई मेसिन सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरियो।
“हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत बैंकले हालसम्म देशभर ५९ बेबी वार्मर प्रदान गरेको छ, जसबाट वार्षिक २,०६५ भन्दा बढी शिशु लाभान्वित भएका छन्। हालसम्म १०,३२५ शिशुले यो सुविधाबाट प्रत्यक्ष लाभ लिएका छन्। ग्रामीण क्षेत्रमा हाइपोथर्मियाका कारण शिशु मृत्युदर उच्च रहेको तथ्यलाई ध्यानमा राखी बैंकले यो पहल गरेको हो।
ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वमा अन्य बैंकहरूभन्दा ५०% बढी रकम छुट्याएर समाजप्रति आफ्नो दायित्व निर्वाह गरेको छ। गत आर्थिक वर्षमा रु. ४० करोड र चालु वर्षको पुस मसान्तसम्म रु. १५ करोड राजस्वमा योगदान पुर्याएको बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा दिइरहेको छ। संस्थागत सुशासन र सरोकारवालाको हितलाई प्राथमिकता दिँदै बैंकले सकारात्मक सामाजिक परिवर्तनमा अग्रणी भूमिका खेलिरहेको छ।
FACEBOOK COMMENTS