काठमाडौं । ‘अङ्ग प्रदर्शनवाली’ मात्र होइन छाडा गायिका/मोडलको उपमाले चिनिने ज्योति मगरले पछिल्लो समय आफूलाई निक्कै परिपक्व र राजनीतिक चेतले भरिपूर्ण कलाकारका रूपमा प्रस्तुत गर्न थालेकी छिन् ।
समसामयिक विषयमा उनले लेख्ने स्टाटस र व्यक्त गर्ने धारणाहरू तथ्य र तर्कसङ्गत रहेको भन्दै धेरैले प्रशंसा गर्ने गरेका छन् । त्यसैले आज के लेखिन् होला भनेर उनको फेसबुक पछ्याउनेको जमात पनि दिनदिनै बढिरहेको छ ।
यसैबीच, आज उनले नेपालमा जेन जी आन्दोलन हुनुको कारणहरूबारे सविस्तार चर्चा गरेकी छिन् । जुन स्टाटसलाई पनि धेरै समर्थन गरेका छन् । आफ्नो स्टाटसमा उनले टिकटकका जेन जीदेखि राजावादीका जेन जीसम्मलाई के–कस्तो आशा र लोभ थियो भन्नेबारे सिलसिलेवार चर्चा गरेकी छिन्, जुन स्टाटसमा उनले मुख्य राजनीतिक पार्टीहरूको नाम उल्लेख गरे पनि एमालेलाई भने छुटाएकी छिन् ।
उनी एमालेप्रति आश्था राख्ने भएर हो वा तत्कालीन समयमा एमाले सत्तामा रहेका कारण उसका जेन जी आन्दोलनमा सहभागी भएनन् भन्ने कोणबाट हो स्पष्ट गरेकी छैनन् । तर, एमालेका कार्यकर्ताहरू पनि आगजनीमा संलग्न भएका प्रमाण आइरहेका बेला एमालेलाई किन मेन्सन गरेको भनेर उक्त स्टाटसमा प्रतिक्रियाहरू आएका देखिन्छन् ।
साथै उनले विभिन्न प्रकारका जेन जीहरूका आ–आफ्नै स्वार्थ भए पनि शान्तिपूर्ण आन्दोलनबाट सरकारलाई खबरदारी गर्न पुगेका निर्दोष जेन जीहरूले ज्यान गुमाउनु दुर्भाग्य भएको उनको टिप्पणी छ ।

यस्तो छ उनको स्टाटस–

जेन्जी आन्दोलन किन भयो ???

१) टिकटकर जेन्जी – मोबाइल मा उपद्र गरेर पैसा कमाउन…

२)कलाकार जेन्जी – युट्युब बाट डलर कमाउन…

३)रा स्व पा का जेन्जी – रबि लामिछाने लाई जेल बाट निकाल्न…
४)बालेन का जेन्जी – प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरि बालेन लाई प्रधानमन्त्री बनाउन,चील मा बस्न र स्वायग वाला एटिट्युड देखाउन…
५)मावबादि का जेन्जी – केपि भगायर प्रचण्ड लाई देश को बाग्डोर दिन…
६)काग्रेस का जेन्जी – देउवा हटायर गगन लाई सभापति बनाउन…
७)बार्बारा फाउन्डेसन का जेन्जी – सन्दुक रुइत को देवत्व को आड मा देश मा भाड भैलो मच्चाइ चीन को विरुद्ध मा गै तिब्बत आजाद गर्न तथा प्रत्येक्ष अप्रत्यक्ष अमेरिका लाई फेबर गर्न…
८)मधेस वारि पारी का जेन्जी – “जय नेपाल“भन्दा “जय हिन्द“ भन्न नै सजिलो भयको ले…
९)हुने खाने बर्ग का जेन्जी – नेता का छोरा छोरी को हात को रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफू लाई पनि चाइयकोले..
१०)“अन जि ओ“ र “आइ एन जि ओ“ का जेन्जी – देश मा अस्थिरता कायम गरि मागी खाने भाडो मा डलर आर्जन गर्न…
११) राजाबादी का जेन्जी – राजा फर्काइ “आइस्यो गैस्यो“, “राजा साहेब,बाबू साहेब“, “हुकुम बक्स्यो,कृपा बक्स्यो“ वाला सस्कार बर्करार राख्न र हिन्दु राज्य घोषण गर्न…
तर अपबाद मा कोइ कोइ चै आम जेन्जी थिय जसलाइ देश को चिन्ता थियो,बेथिति को विरुद्ध मा आवाज बुलन्द गर्नु थियो शान्तिपुर्ण आन्दोलन गरि सरकार लाई खबरदारी गर्नु थियो दुर्भाग्य उनिहरु कै अगाडि निर्दोष हरु ढले उनिहरु कै अगाडि देश जल्यो…
डराइ डराइ पोष्ट हान्दिय मैले ल… जती गाली गरेनि गर्नु म कमेन्ट पढ्दिन केरे

FACEBOOK COMMENTS