काठमाडौं । कलाकार तथा मोडल ज्योति मगरले ‘राजनीतिमा होमिएका कलाकार र पत्रकारहरूलाई देश बनाउने दूरदृष्टि (भिजन) के छ’ भनेर प्रश्न गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारी सुविधासहितको प्रतिष्ठा निर्माणका लागि धेरै मानिसहरू सांसद बन्न राजनीतिमा होमिएको उल्लेख गरेकी छिन् ।
यस्तो छ, उनको भनाइ–
आजभोलि रास्वपाका चटकेहरूले तिनकाका उम्मेदवारको गैरजिम्मेवार तर्कको टिप्पणी गर्दा सिधै केपीको हलानो फलानो एमालेको हलानोफलानो भन्दै गाली बक्न थालीहाल्छन् । हैन देश त केपी र एमालेमय नै रैछ गाँठे । घण्टीका नयाँ जोगीहरू आफ्नो दक्षता केमा छ त्यो छोडेर संसद पड्काउने होडमा छन् समानुपातिक नै सही । पाँच वर्ष त पुलिसले स्यालुट हान्ला सरकारले सेवा सुविधा देला सरकारी कर्मचारीदेखि व्यवसायी माफिया, ठेकेदारहरूले काँधमै चढाउलान् त्यसपछि के ? संसदको लोभमा राजनीतिमा होमिनुभएका पत्रकार, कलाकार तथा अन्यलाई मेरो प्रश्न तपाईंमा के भिजन छ त्यस्तो जसले देशलाई दीर्घकालीन निकास देओस् ? तपाईंमा के भिजन छ त्यस्तो जसले देश स्वाधीन र समृद्ध रहोस ?


FACEBOOK COMMENTS