काठमाडौं । चर्चित गायिका तथा मोडल ज्योती मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार जना नेतालाई अश्लील शब्द प्रयोग गरी गाली गरेकी छिन् ।
नेताहरू खगेन्द्र सुनार, बिनिता कठायत, रिमा विश्वकर्मा र सोविता गौतमको नामे उल्लेख गरेर उनले सामाजिक सञ्जालमार्फत गाली वर्षाएकी हुन् ।
खासगरी खगेन्द्र सुनारले ‘गोरु काटेर खान पाउनुपर्छ’, बिनिता कठायतले ‘गरिबले राजनीति गर्न हुँदैन’, रिमा विश्वकर्माले ‘चुनाव जिताए बालेन र रविको दर्शन गराइदिने’ र सोबिता गौतमले ‘बलात्कार गर्नु र झापड हान्नु उस्तै र सामान्य हो’ भनेर विभिन्न समयमा दिएको अभिव्यक्तिको आलोचना गर्दै ज्योतीले अश्लील हर्कत प्रस्तुत गरेकी हुन् ।
उनले यस्ता अभिव्यक्ति दिने अद्भूत पात्रहरू ‘क…म फुटेर जन्मिएको’ भन्दै अश्लील हर्कत प्रस्तुत गरेकी छिन् । यस्तै, यस्ता पात्रहरू सांसद वा मन्त्री बने भने पनि देश बनाउने नभइ अरु कसैको गुलामी बनाउने र त्यसपछि देशै नरहनेजस्ता काल्पनिक तर्क समेत उनले गरेकी छिन् ।
यस्तो छ उनको फेसकुब स्टाटस–




FACEBOOK COMMENTS