काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ज्यास्मिन फिटनेस क्लब एण्ड स्पामा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा २० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
हालै बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेसल्टी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रांकक्वाइलिटी स्पा का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । यस्तै बैंकले टिस्टुङ रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्याेति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राखी देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी यस बैंकल नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बनेको छ । समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति आफू प्रतिबद्ध जनाएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरूदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै यस बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS