काठमाडौं । नेपाल बारका प्रतिनीधिहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महा अभियोग लगाउन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा पुगेका छन् । बारका प्रतिनिधिहरुलाई ओलिले खरो जवाफ दिएर पठाएका छन् ।
ओलिले चोलेन्द्रलाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएका समेत बताए ।
ओलीले भने, ‘एकजना वरिष्ठ अधिवक्ता (शम्भु थापा) ले भन्नुभयो हामीले न्यायाधीश हटाई हटाई अर्का न्यायाधीश राखेर तिम्रो पक्षमा फैसला पार्देको गुन तिर्नु पर्दैन ? अर्को श्रीमान्को कुरा पनि आयो संविधानबाहिर गएर केपी ओलीलाई हटाउनुप¥यो ।
अर्को चाहिँ एक पक्षका वकिलहरूमात्र बस्नुभयो अबका मुद्दा के के गर्ने ?, कसलाई राजीनामा गराउने ? त्यसपछि त्यो बेला भएका नियुक्ति यसो–यसो गर्ने भनेर बसेको होइन ? सेटिङ के–के कुरामा थियो ? कुन–कुन वस्तुका लेनदेन भए ? तपाईंहरूले नै पोल खोलाखोल गरिरहनुभएको छ ।’
प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के–के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने उनले प्रष्ट पारे । ओलीले पाँचै न्यायाधीशविरुद्ध महाअभियोगको माग ल्याउन सुझाब दिएर पठाएका छन् ।
FACEBOOK COMMENTS