काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलाई विचित्रको दिन आउने चेतावनी दिएका छन् ।
सांसद शाहीले एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अत्यन्तै निम्छरो, निक्रिष्ट र विभेदयुक्त अभिव्यक्ति दिएको भन्दै रिजालले शाहीलाई त्यस्तो चेतावी दिएका हुन् ।
सांसद शाहीले केही दिनअघि कवितात्मक शैलीमा एमाले अध्यक्ष ओलीविरुद्ध विभेदजन्य आशयसहितका अनेक आरोप लगाएका थिए । त्यसको जवाफ आफूले कवितात्मक शैलीमै फर्काएको नेता रिजालको भनाइ छ । नेता रिजालले आफ्नो र शाहीको ‘कविता युद्ध’लाई फेसबुकमा साझा गर्दै भनेका छन्– ‘गालीगलौजको भाषामा लेखिएको कथित कविताको जवाफ कविताकै माध्यमबाट फर्काएको छु । म मान्छे चिन्छु तर नाम चिन्दिनँ कृपया कमेन्टमा लेखिदिनुहोला ।
रिजालले आफ्नो जवाफमा केपी ओली क्रान्ति अनि शान्तिका प्रतिक, सत्य र निष्ठाको निशान तथा दूरदृष्टि, मौलिक सृष्टि र सुख अनि समृद्धिको दर्शन भएको उल्लेख गरेका छन् । घुँडा टेकेर महाराज ओकलेर प्रतिगामी पथमा हिँडेका शाही दासत्वको प्रतिक बनेकाले उनले ‘बा’ को महत्व र नागरिक दर्जा नै नबुझेको उनको भनाइ छ ।
नेता रिजालले शाहीलाई परिवर्तनको गति नबुझ्ने घमण्डी र उदण्डीको संज्ञा दिएका छन् । ओखरबोटे काण्ड र पिस्करको दमन स्मरण गराउँदै रिजालले शाहीलाई सोधेका छन्– सिन्दुर पुछिनेको र काख रित्तिनेको गणना गर्न सक्छौ ?’ यस्तै, उनले संसदीय मर्यादा राखी सीमाभित्र रहन र लोकको शिष्टता स्वीकार गर्न शाहीलाई सुझाव दिएका छन् ।
‘संसदीय मर्यादा, राखिकन श्रद्धा, बस्नु सीमानाभित्र १ लोकको शिष्टता नटेर्ने भएता, आउँदा दिन विचित्रका’ रिजालले लेखेका छन् ।
यस्तो छ रिजालको कविता–
के भनेका थिए ज्ञानेन्द्र शाहीले ?
प्रतिनिध सभा सदस्य समेत रहेका राप्रपाका प्रवक्ता शाहीले केही दिनअघि कवितात्मक शैलीमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत विभेदयुक्त र लाञ्छनायुक्त अभिव्यक्ति दिएका थिए । उनले एमालेपङ्तिमा ओलीलाई प्रयोग गरिँदै आअएको आदरयुक्त शब्द ‘बा’ प्रति व्यङ्ग्य गर्दै ‘सन्तान जन्माउन नसक्ने’ भनेर विभेदयुक्त अभिव्यक्ति दिएका थिए । उनले आफ्नो कवितात्मक अभिव्यक्तिमा लेखृेका थिए– ‘तिमी थ्प्रैका बा, जन्माउन नसक्ने बा, झड्केलो बा ।’
सन्तान नभएकालाई हेप्नु वा त्यसैको आधारमा गाली गर्नु सामाजिक, मानसिक र भावानात्मक कोणबाट विभेदभित्र पर्छ । नेपालको संविधा र कानुनले सन्तान नभएको आधारमा विभेद गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को धारा १८ मा उल्लेख गरिएको समानताको हकभित्र सबै नागरिक कानुनको दृष्टिमा समान हुने, जात, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, जन्मस्थान, सम्पत्ति, अपाङ्गता, शारीरिक अवस्थालगायत कुनै पनि आधारमा विभेद गर्न नपाइने उल्लेख छ । उल्लेखित कसुर गरेको पाइए भेदभाव तथा छुवाछूत कसूरमा कारबाहीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तो छ, शाहीको अभिव्यक्ति–
FACEBOOK COMMENTS