काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित तीन हजार ३०० जना कैदी फरार भएका छन् ।
हिजो मंगलबार राति नख्खु कारागारबाट निस्किएका कैदीहरूले उनीहरूलाई भगाएको बताइएको छ ।
नख्खुबाट निस्किएर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि त्यहाँ रहेका कैदीहरू बाहिरिएको बताइएको छ ।
नख्खुका कैदीहरूले आगजनी गर्ने चेतावनी दिएका कारण रायमाझी र पाण्डेले कारागार छाडेको र पछि स्थिति सामान्य भएपछि कारागारको सम्पर्क आउने आश्सवासन दिएको एक अधिकारीले बताएका छन् ।
FACEBOOK COMMENTS