धनगढी । जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
गएराती कारागारमा कैदीबिच भएको झडप हुँदा झडपमा एक जना कैदीबन्दीको मृत्यु भएको थियो ।
झडपमा गम्भीर घाइते भएका धनगढी उपमहानगर–४ का भरत चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरी लागुऔषध मुद्दाका कैदी थिए । त्यस्तै झडपमा ४७ जना घाइते भएका छन । घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पताल भित्र जान समेत कडाइ गरेको छ । यसैबीच घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।
शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई १० भित्र छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ ।
FACEBOOK COMMENTS