कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति
कर्पोरट खबर
8:51 pm, सोमबार, जेठ १४, २०८१
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामा राख्न आदेश दिएको हो ।
सिरोहिया दोहोरो नागरिकता विवादमा पक्राउ परेपछि दुई पटक म्याद थप गरिसकेको छ । दोहोरो नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौं पक्राउ गरिएको थियो ।
प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो ‘रिपोर्ट’ आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत उक्त अदालतमा मागसहित आज उनलाई पेस गरेको थियो ।
प्रहरी अनुसन्धानमा रहेका आरोपित सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गरेका थिए । उच्च रक्तचाप र मुटुमा समस्या भएपछि तीन दिनदेखि काव्या अस्पताल जनकपुरमा उनको उपचार भइरहको बताइएको छ ।


FACEBOOK COMMENTS