काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस् प्रा.लि. बाट पब्लिक कम्पनी लि. मा परिणत भएको छ ।
विगतमा प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको यो कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले असोज ८ गते पब्लिक लिमिटेडमा रुपान्तरित हुन स्वीकृति दिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टरहरु ५ वर्षमा ५ थान पुर्याउनु पर्ने हालै लिएको नितिलाई अनुसरण गरी पुंजी वृद्धि गरी सन २०२४मा एक थान र सन २०२६ मा एक थान हेलिकप्टर थप गरी सन २०२६ सम्म ५ वटा हेलिकप्टर पुर्याउने कम्पनीको लक्ष्य रहेको जानाएको छ । पब्लिक कम्पनी (लि.) मा परिवर्तन पश्चात कम्पनीले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्ने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त सुरक्षा निति पूर्ण पालना गरी ग्राहकवर्गको सुरक्षामा बढी ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS