काठमाडौं । नागरिकता दुरुपयोग प्रकरणमा छानविनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा राखेको छ ।
उनलाई आज जिल्ला अदालत, धनुषामा उपस्थित गराउनका लागि धनुषा पुर्याइएको हो ।
काठमाडौंको थापाथलीस्थित कान्तिपुर दैनिकको केन्द्रीय कार्यालयबाट मंगलबार साँझ पक्राउ परेका अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बुधबार बिहान धनुषा पुर्याएको हो ।
अध्यक्ष सिरोहियाले फरक–फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दाबी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।
कैलाश सिरोहियाद्वारा सर्वोच्च अदालतमा रिट निवेदन पेस
FACEBOOK COMMENTS