काठमाडौं । नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ । यो सीमित समयको प्रमोसनले केयी एक्स थ्री प्रो ईभी मा आकर्षक डिलहरू ल्याएको छ ।
यस विशेष अफरले ठूलो छुट र रोमाञ्चक फाइदाहरू ल्याएको छ । यस सीमित–अवधि अफर अन्तर्गत, केयी एक्स थ्री प्रो ईभीको मूल सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, रु ३९.९६ लाख को अतुलनीय मूल्यमा उपलब्ध छ ।
साथै ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेछन् । यो ठूलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको छ ।
यो विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध छ ।
काठमाण्डौको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (तपाईं प्रवेश गर्ने बित्तिकै दायाँपट्टिको पहिलो स्टल) मा गएर एक्स थ्री प्रो ईभी को अनुभव लिन सकिने कम्पनीले बताएको छ ।
एक्स थ्री प्रो ईभी किन रोज्ने?
– यस सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यको एसयूभी
– १२०/९९ किलोवाट मोटर
– उन्नत सुविधाहरू सहितको स्लिक, प्रिमियम डिजाइन
– लक्जरी र फराकिलो इन्टेरियर
– उत्कृष्ट ड्राइभिङ कम्फर्ट
– सुरक्षित, ध्यान भंग नहुने गरी ड्राइभिङका लागि फिजिकल बटन
– १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
– प्यानोरामिक मूनरुफ
– अटो होल्ड
– लिथियम आइरन फस्फेट ब्याट्री
– ७.३ किलोवाट चार्जर र स्पेयर ह्वील
– स्पेयर पाट्र्स किफायती छन्
केयी एक्स थ्री प्रो ‘बाबल अफर’ नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भृकुटीमण्डपको हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (प्रवेश गर्ने बित्तिकै पहिलो स्टल) र देशभरका प्रमुख सहरहरू जस्तै नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्ज मा रहेका आधिकारिक केयी शोरूमहरू मा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS