काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा शोरुम सञ्चालनमा ल्याएको छ ।
नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत् शृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझीलगायत सहभागी थिए ।
आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।