काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।
संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको १३ औँ बार्षिक साधारणसभा चैत्र २९ गते होटल टास्क इन्टरनेशन बुद्धचोक पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभामा अध्यक्षले आर्थिक वर्ष ०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
FACEBOOK COMMENTS