काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट१५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले पुस २९ गतेका लागि साधारणसभा बोलाएको छ । सभाका लागि १७ गते बुक क्लोज गरिसकेको छ । १६ गतेसम्म कायम रहेको सेयरधनीले मात्रै तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS