काठमाडाैं । कालिकाेटमा माओवादीकाे किल्ला भत्किने सम्भावना बढेकाे छ । माओवादीको किल्ला मानिने कालिकोटमा एमालेको सुरुवाती अग्रता हासिल गरेकाे हाे ।
कालिकोटमा प्रतिनिधि सभासभा एमाले सुरुवाती अग्रता कायम गरेको छ। मंगलबार अपराह्नबाट भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो।
प्रतिनीधिसभाका २७१ गणना गर्दा नेकपा ९एमाले०का उम्मेदवार नगेन्द्र शाही (नेशनल)ले एक सय १८ मत पाउनु भएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले एक सय १५ मत ल्याउनु भएको छ।
राप्रपाका धनबहादुर बुढा ९, नेमकिपाका खड्गराज शाही १३, विपी कांग्रेसका पंखबहादुर विष्ट शुन्य, स्वतन्त्र उम्मेदवार रहनु भएका काशीचन्द्र बरालले ९ मत र स्वतन्त्र उम्मेदवार रहनु भएका धनप्रसाद पाण्डेले शुन्य प्राप्त गरेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ। सात वटा मत बदर भएको कार्यालयको भनाई रहेको छ।
कालिकोटमा स्थानीय तहको निर्वाचनमा नौ वटा स्थानीय तहका ८२ वडामध्ये ५० वडामा माओवादी केन्द्र विजयी भएको थियो।
FACEBOOK COMMENTS