काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनी ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनी अध्यक्ष इन्दिरा पन्त र आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका–८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।
FACEBOOK COMMENTS