काठमाडौं । कुल सडकमध्ये ५१ प्रतिशत कालोपत्रे भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे भएको हो।
कुल ७ हजार ९५६ किलोमिटर ग्रावेल र ८ हजार ६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको छ।
कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राबेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ।
२०७९ असारसम्म सडकको कुल लम्बाई ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ।
यस अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल) स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ।
साथै, ८ हजार २५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ।
यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ।
FACEBOOK COMMENTS