काठमाडौं । न्यायालयमा हड्ताले श्रीमानहरुको एकपछि अर्को गर्दै लाजमर्दा डङ्गुर किर्ते सार्वजनिक भएका छन् । जागिर, शिक्षा र अवकाशको मिति बढाउनकै लागि फरक फरक जन्ममिति उल्लेख गरिएको नागरितालाई मुठिमा लिएकी न्यायाधीश मीरा मैया श्रेष्ठ ( खड्का) को सोच न्यायालयमा हालीमुहाली गर्ने प्रष्ट छ ।
खड्का न्यायपरिषदको बुलेटिन र सिटरोल अनुसार उनी यहि माघ २८ गते अवकाश हुनु पर्ने हो । तर पछिल्लो समय उनले कायम गरेको नागरिता अनुसार भने उनी २०७९ जेठ २ गते अवकाश हुनेछिन् । यसरी हेर्दा खड्कालाई किर्ते प्रकरणको कारवाही सहित अवकाश हुनुपर्ने देखिएको छ ।
खड्काको पहिलो नाकगरिता २०३२ साल माघ २८ गते लिएको अभिलेख भेटिएको छ । त्यतिबेला जन्म मितिको साटो नागरिकता लिएको बेलाको उमेर लेख्ने प्रचलन थियो । उनको दोस्रो नागरिता पूर्वन्यायाधीश शम्भुवहादुर खड्काको दोस्री श्रीमती भएपछि २०४४ सालमा कायम भयो । दोस्रोपटक लिएको नागरिकतामा उनको जन्म मिति २०१४ माघ २८ गते कायम भएको छ । उनको तेस्रो नागरिकता अनुसार उनको उमेर २०१४ जेठ २ कायम भएको र सोही विवरण हाल न्यायपरिषदमा रहेको छ । यसैलाई आधार मान्ने हो भने पनि खड्काको न्यायालयमा कुन हदसम्मको मनोमानी हो भनेर बुझ्न गाह्रो नपर्ला ।
सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षमा अवकाश हुने उमेर कायम गरिएको छ । तर खड्काको अवकाशको विषयमा विवाद आईसकेको हुनाले न्यायपरिषदले चाल्ने कदमको प्रतिक्षा रहेको सर्वोच्चका एक न्यायाधीशले बताए ।
चोलेन्द्र शमसेर राणाको बहिर्गमनपछि सर्वोच्चका न्यायाधीशको अवकाश उमेर सम्बन्धी रिट दर्ता गरि पालैपालो प्रधानन्यायाधीश बन्ने सपना देखेर न्यायालयमा खड्कासँग फोहोरी जालझेल रच्ने र गोप्य सल्लाह गर्ने हड्ताले न्यायाधीश दीपक कार्की रहेको खुलासा भएको छ । यी दुवैबीच प्रधानन्यायाधीश बन्ने सहमति भएको चर्चाले अदालत तातिएको बेला एकाएक सार्क ल नेपालको एक विज्ञप्ती सार्वजनिक भएको छ । जसले न्यायालय र कानून व्यवसायीमा हलचल मच्चायो ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको वोलवाला रहेको यो संस्थामा सर्वोच्चकै वहालवाला न्यायाधीश सपना प्रधान मल्ल हाल अध्यक्ष पदमा छिन् । सदस्यमा सर्वोच्च वारका अध्यक्ष तथा हाल प्रधानन्यायाधीसको राजीनामा माग गर्ने अभियानका प्रमुख पात्र बरिष्ठ अधिवक्ता पूर्ण मान शाक्य, बद्री बहादुर कार्की, तुलसि भट्ट लगाएतका छन् ।
विज्ञप्ती सार्वजनिक हुँदै गर्दा कानुन व्यवसायीहरुले आ—आफ्नो तरिकाले कटाक्ष गरेका थिए । अहिले पनि वरिष्ठहरुले प्रधानन्यायाधीशको राजीनामाको विषयलाई लिएर सकेसम्म कुनै पनि कसुर नछोडेको, आफ्नो पहुँचले छोएका ठाउँमा गई लाजै पचाएर ढोका ढक्ढकाएको र बरिष्ठ भनिएका कानून व्यवसायी र वहालवाला न्यायाधीशनै अध्यक्ष रहेको संस्थाबाट यति सतही रुपमा विज्ञप्ति आउनाले शंका पैदा भएको स्वतान्त्र कानुन व्यवसायीहरुले बताएका छन् । व्यक्तिगत रिसिभिले गर्दा आएका यस्ता विज्ञप्तीले न्यायलयमाथीको नागरीकको भरोषा र गरिमा समाप्त हुने खेल भइरहेको टिका टिप्पणी भइरहेको छ ।
उता सार्क ल नेपालको वेवसाइटमा भूतपूर्व भइसकेका प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पूर्व अध्यक्षहरु को नामावलीमा हाल पनि चिफ जस्टीस अफ नेपाल नै उल्लेख छ । यसले पनि न्यायालयको र प्रधानन्यायाधीशको मानहानी गर्न कुनै कसुुर नछोडेको र श्रेष्ठलाई वहालवाला प्रधानन्यायाधीशकै संज्ञा दिनुले पनि न्यायालयमा कतिसम्म घिनलाग्दो षड्न्त्र भएको छ भनेर हेर्ने हो भने सार्क स्तरीय फोरमको वेवसाइट भिजिट गर्दा छर्लङ्ग भईन्छ ।
यसरी सर्वोच्चको न्यायालयमा बसेर न्यायको वकालत गर्ने खड्का र कल्याण श्रेष्ठ जस्ता वरिष्ठहरुले फोहोरी सेटिङ खेल्दै न्यायको पवित्र मन्दिरलाई अपमान गरेर आफू चोखिन अनेक षड्यन्त्र गर्दैमा कोही चोखो हँुदैन । यस्तो प्रवृति रोक्न समयमै खबरदारी गर्नु पर्नेमा आम कानुनविदहरुको धारणा रहेको छ ।
FACEBOOK COMMENTS