काठमाडौं । पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
सात वर्षदेखि जेलमा रहेका ज्ञवालीलाई आज सर्वोच्चले उक्त परमादेश जारी गरेको हो । आज न्यायाधीसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले परमादेश जारी गरेको हो ।
ज्ञवालीको श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो ।
FACEBOOK COMMENTS