काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारसँग वास्तविक लडाइँ भोलिदेखि सुरू हुने उद्घोष गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेसँगै लिङ्देनले राजसंस्था पुनर्स्थापनाका लागि वास्तविक लडाइँ भोदिदेखि सुरू गर्ने चेतावनी दिएका हुन् ।
उनले कमल थापालाई जहाँबाट पक्राउ गरिएको हो त्यहीँ ल्याइदिन पनि प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठानेर राज्यले दमनको नीति अपनाएको भन्दै उनले भोलिदेखि देखाइदिने बताएका छन् ।
‘ अब हामी एक ठाउँमा भेला भएर होइन ५० ठाउँबाट निस्कन्छौँ । कहाँ–कहाँ रोक्नुहुन्छ ?,’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘कमल थापालाई अहिल्यै यहाँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिदेखि काठमाडौं बल्न सुरू हुन्छ ।’
FACEBOOK COMMENTS