काठमाडौं । आज आन्दोलनका क्रममा प्रहरी नियन्त्रणमा रहेका राप्रपा नेपालका नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।
आज भएको प्रर्दशनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक बहादुर सिंह, शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।
उनीहरुलाई केही समयअघि रिहा गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौँका प्रवक्ता अपिलराज बोहराले बताए ।
FACEBOOK COMMENTS