काठमाडौँ । राप्रपाका नेता कमल थापाले बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका हुन् ।
उनले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुने बताउदै सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त भएको बताएका छन् ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेक्रममा सरकारले शनिबार बिहान पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

FACEBOOK COMMENTS